- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।
बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुनेछन् । बैठक महाधिवेशन केन्द्रित रहेको अन्य विषयमा कुनै छलफल नभएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्
‘सभापतिज्यूले भारत भ्रमणबारे जानकारी दिनुभयो । बैठकले भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धमा कुनै छलफल भएन । महाधिवेशन केन्द्रित छलफल भयो’, उनले भनिन् ।
प्रतिनिधिमण्डल दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । पाँच दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार भाजपाका शीर्ष नेतृत्वसँग छलफल हुनेछ। यसबाहेक, अयोध्यामा व्यक्तिगत भ्रमणका साथै भारतमा बसोबास गर्ने नेपाली समुदाय र पार्टी शुभचिन्तकहरूसँग भेटघाट पनि समावेश छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’